जरायोटार । अरुण गाउँपालिका वडा नम्बर - ६ जरायोटार भोजपुर स्थित पाल्पाले खेलमैदानमा जरायोटार खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रथम आमन्त्रित जरायोटार (माङिदिङग्) कप नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बुधबार एक प्रि क्वाटरफाइनल र एक क्वार्टर फाइनल गरी दुई खेल सम्पन्न भएका छन्।
प्रतियोगिताको दोस्रो क्वार्टर फाइनल तथा बुधबारको पहिलो खेल बेलका भेट्रान्स उदयपुर र बुढासुब्बा एफसी धनकुटा बीच हुने निश्चित भएतापनि बेलाका भेट्रान्स तोकिएको समयमा मैदानमा उपस्थित हुन नसकेपछि बुढासुब्बा फुटबल क्लव वाकओभर मार्फत सेमिफाइनल प्रवेश गरेको हो।
प्री क्वार्टरफाइनल अन्तर्गत बुधबार सम्पन्न दोस्रो खेलमा तालतलैया फुटबल क्लब इटहरीले कोदार फुटबल क्लब भोजपुरलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। तालतलैया फुटबल क्लब इटहरीको जितमा कप्तान सविन घिमिरेले दुई साथै सलिन भुजेलले एक गोल गरेका थिए। उक्त खेलको म्यान अफ दि म्याच तालतलैयाका सबिन घिमिरे बन्दै नगद रु.२००० प्राप्त गरेका छन्।
बिहीबार बिहान १० बजे श्रीनाथ गढ भोजपुर र जाल्पादेवी पाख्रीबास नगरपालिका धनकुटा प्रतिस्पर्धा गर्नेछन् भने दिनको ठिक २ बजे तालतलैया फुटबल क्लब सुनसरी र पौवादुङ्मा भोजपुर प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।
फाल्गुन ५ गते आयोजक र सञ्जीवनी फुटबल क्लब धनकुटा बीच पहिलो क्वाटरफाइनल खेल सम्पन्न भएपश्चात चुनावी आचार संहिता लागु भएसँगै यो प्रतियोगिता स्थगित भएको थियो। उक्त खेलमा सञ्जीवनी फुटबल क्लब धनकुटाले जित हासिल गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो। बुधबारबाट पुनः सुचारु भएको यस प्रतियोगिताको फाइनल आइतबार सम्पन्न हुनेछ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा