News मणिग्राम युनाइटेडलाई युथ बिलिभर्स कपको उपाधि
सुरज राना मगर

बुटवल । युथ बिलिभर्स क्लब, तिलोत्तमा–३, रुपन्देहीको आयोजनामा सम्पन्न प्रथम युथ बिलिभर्स कप खुला फुटसल प्रतियोगिताको उपाधि मणिग्राम युनाइटेड, तिलोत्तमाले जितेको छ ।

लुम्बिनी फुटसल एरिनामा भएको फाइनल भिडन्तमा मणिग्रामले नयाँगाउँ युनाइटेड, बुटवललाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधिमाथि आफ्नो कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको मणिग्राम युनाइटेडले उपाधिसहित नगद ४० हजार हात पार्यो भने उपविजेता नयाँगाउँ युनाइटेडले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै विधागततर्फ मणिग्राम युनाइटेडका अन्जन क्षेत्री उत्कृष्ट गोलरक्षक बन्दा नयाँगाउँ युनाइटेडका भुवन गाहा मगर प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, विशिष्ठ अतिथी डा. मोहन भुसाल, आयोजक क्लबका अध्यक्ष विवेक सिंह भुजेल, सचिव प्रदिप नेपाली, कोषाध्यक्ष कृष्ण पन्थी तथा खेल संयोजक दुर्गा सिंजाली लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments