News १६औं इटहरी गोल्डकप शुरु, युवा समाजको विजयी शुरुवात
गोलनेपाल

इटहरी । सोमबारदेखि सुनसरीमा रात्रीकालिन रुपमा शुरु भएको १६औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण खुला नकआउट फुटबल प्रतियोगितामा युवा समाज, सुन्दरहरैचा, मोरङले विजयी शुरुवात गरेको छ ।

इटहरी रंगशालामा भएको उद्घाटन खेलमा युवा समाजले जस्ट जोन फुटबल क्लब, नाइजेरियालाई ३–२ को रोमाञ्चक अन्तरले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

यो जितसँगै युवा समाज सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख १ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र झापा ११ फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल बैशाख ७ गतेका दिन हुनेछ ।

Pic: Rashtriya Jagriti Club

Post Comments