News मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौं मोरङमा जारी नोबेल मेडिकल कलेज ३८औं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ पुलिसले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल र अतिरिक्त समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ मच्छिन्द्रका लागि सौरभ सुब्बाले गोल गरे भने पुलिसका लागि धिरेन्द्र साहले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने पुलिस ७–६ ले विजयी बन्यो । खेलमा पुलिसका गोलरक्षक शत्रुधन चौधरी म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत बैशाख १ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल सम्राट स्र्पोटिङ क्लब, बिराटनगर र अल झारखण्ड बिर्सा मुन्डा एसए, भारतबीच हुने आयोजकले जानकारी दियो ।

बिराट गोल्डकप फुटबल ट्रस्ट, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ५ गतेका दिन हुनेछ ।

Post Comments