News सलहेश छैठौं कटारी मेयर गोल्डकपको सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली
गोलनेपाल

कटारी । सलहेश युवा क्लब, सिरहा उदयपुरमा जारी छैठौं कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा सलहेशले केराबारी फुटबल क्लब, मोरङलाई २–० ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । सलहेशको जितमा राज भुषाल र फिलिपले गोल गरे । खेलमा सलहेश कै राज भुषाल प्लेयर अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत बैशाख २ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक कटारी–११, उदयपुर र चात्या सा फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।

नगर खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल बैशाख ५ गतेका दिन हुनेछ ।

Post Comments