News भारी बर्षात र हावाहुरीका कारण मेयर भोजपुर गोल्डकपको पहिलो खेल मध्यान्तरपछि स्थगित, रोकिएको बाँकी खेल सोमबार बिहान हुने
गोलनेपाल

भोजपुर । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा भोजपुर रङ्गशालामा आइतबार भव्यताका साथ समुद्घाटन भएको ९ औं मेयर भोजपुर गोल्डकप अन्तर्गत पहिलो खेल APF काठमाडौं र LX CITY मोरङबिच सञ्चालन हुँदै गर्दा मध्यान्तरपछिको खेल भने सोमबार बिहानसम्मका लागि स्थगित भएको छ। पहिलो हाफ समाप्त भएपश्चात् मौसम प्रतिकूल बन्दै भारी बर्षात र हावाहुरी चल्दा खेलमैदान जलमग्न भएको थियो।

त्यसपश्चात भने खेल तत्काल सञ्चालन गर्नका लागि असम्भव देखिएपछि सोमबार बिहान ९:३० बजे मध्यान्तरपछिको खेल पुन: सुचारु गर्ने गरी सहमति हुँदै आइतबारका लागि स्थगित भएको हो।

पहिलो हाफको २९ औँ मिनेटमा डि बक्स नजिकै प्राप्त गरेको फ्री किकलाई विशाल तामाङले सुन्दर गोल गर्दै LX CITY मोरङलाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्मको नतिजामा गत संस्करणको विजेता एपीएफ काठमाडौँ १-० गोल अन्तरले पछाडि परेको अवस्था छ।

सोमबार दिनको ठीक २ बजे भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर र संखुवासभा ११ संखुवासभा प्रतिस्पर्धा गर्ने निश्चित छ। सोमबार दिनको ठीक २ बजे भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर र संखुवासभा ११ संखुवासभा प्रतिस्पर्धा गर्ने निश्चित छ।

Post Comments