काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नबिन न्यौपानेले साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
साथै टोलीको बन्द प्रशिक्षण यही बैशाख १४ गतेदेखि शुरु गरिने एन्फाले जनाएको छ । त्यस्तै बन्द प्रशिक्षण सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने समेत एन्फाले उल्लेख गरेको छ ।
स्मरण रहोस, यस वर्षको साफ महिला च्याम्पियनसिप आउँदो मई २५ तारीखदेखि ७ जुनसम्म (जेठ ११ देखि २४ गतेसम्म) भारतको गोवामा हुने कार्यक्रम छ ।
यस्ता छन्ः बन्द प्रशिक्षणमा बोलाइएका ३५ खेलाडीहरुः
अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, अस्मिता नेपाली, बर्षा ओली, बिमला बिक, बिमला चौधरी, बिर्सना चौधरी, दिपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मिना देउवा, नेहा कुमारी चौधरी, निशा थोकर, पुनम चेम्जोङ, प्रतिक्षा चौधरी, प्रिती राई, पुजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी थोकर, समिक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, सेनु परियार, शुक्रिया मिया, सुशिला कुमारी, उषा नाथ