News मिलन चम्किदा देवदह ब्वाईज दोस्रो लखन कपको सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । साविक विजेता समेत रहेको देवदह ब्वाईज, देवदह, रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो क्वाटरफाइनलमा देवदह ब्वाईजले शिवनगर युवा क्लब, बुटवललाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । बुटवल १० स्थित रामनगर खेलमैदानमा भएको खेलमा देवदहका लागि दुवै गोल मिलन आलेले गरे । देवदहको जितमा निर्णायक दुई गोल गरेका मिलन आले नै खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत बैशाख १६ गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक लखन ब्रदर्श युवा क्लब, बुटवल र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक राम थापा मगरले जानकारी दिए ।

लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए । फाइनल खेल भने यही बैशाख २२ गतेका दिन हुनेछ ।

 

Post Comments