News सरु र रेनुका आई लिग खेल्न भारत प्रस्थान
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटी भारतको चर्चित आई लिग खेल्ने भारत प्रस्थान गरेका छन् ।

सरु र रेनुका दुवै भारत पुगिसकेका छन् । साथै दुलै किकस्टार्ट फुटबल क्लबका लागि खेल्नेछन् । त्यसो त क्लबमा सरु र रेनुकाको यो दोस्रो स्पेल समेत हो । यसअघि यी दुवैले सन् २०२२–२३ को सिजन किकस्टार्टका लागि खेलेका थिए । त्यतिबेला किर्कस्टार्टलाई लिगको उपविजेता बनाउन सरु र रेनुका दुवैले अहम भूमिका खेलेका थिए ।

स्मरण रहोस, सरु र रेनुकाले केही दिन अघि मात्र एपिएफका लागि खेल्दै झापामा सम्पन्न चन्द्रगढी महिला गोल्डकपको उपाधि जितेका थिए ।

 

Post Comments