News
सरु र रेनुका सम्मिलित किकस्टार्टको जित
काठमाडौं । भारतको चर्चित महिला आई लिग खेल्न बुधबार मात्र भरत पुगेका नेपालका दुई मिडफिल्डरद्वय सरु लिम्बू र रेनुका नगरकोटीले पहिलो खेल मै जित हात पारेका छन ।
लिगमा किकस्टार्ट एफसीका लागि बिहीबार आफ्नो पहिलो खेलमा पहिलो रोजाईमै उत्रिएका सरु र रेनुकाको टोलीले निता फुटबल एकेडेमीलाई १-० ले हरायो । किकस्टार्टका लागि दोस्रो हाफको शुरुवाततिर किरनले गोल गरिन ।
खेलमा सरु र रेनुकाले टोलीका लागि पूरा समय खेले र टोलीको जितमा महत्त्वपूर्ण योगदान समेत दिए ।
यो जितसँगै आठ खेलबाट ९ अंक जोडेको किकस्टार्ट लिगतालीकाको शिर्ष तीनको होडमा उक्लिएको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल