News
किकस्टार्टको जितमा सरुको गोल
काठमाडौं । केही दिन अघि मात्रै भारतको आइ लिग क्लब किकस्टार्ट एफसीमा आवद्ध भएका नेपालका दुई महिला मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटीले सिजनको पहिलो जितको स्वाद चाखेका छन् ।
लिगको आफ्नो नवौं खेलमा किकस्टार्टले सेसा एफएलाई ३–० ले पराजित गर्यो । किकस्टार्टको जितमा एमिम, सरु लिम्बु र बेबीसानाले गोल गरेका थिए । खेलमा सरु बाहेक रेनुका नगरकोटीले पनि टोलीका लागि पहिलो रोजाई मै रहेर खेले ।
यो जितपछि ९ खेलबाट १० अंक जोडेको किकस्टार्ट लिगतालिकाको छैठौं स्थानमा छ । पराजित सेसा एफए भने १ अंकका साथ पुछारमा छ । शिर्ष स्थानमा भने अपराजित रहँदै २७ अंकका साथ ईस्ट बंगाल रहेको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल