पाँचथरको तुम्बेवा गाउँपालिकामा आयोजित “चौथो अध्यक्ष कप खुल्ला पुरुष तथा गाउँपालिका स्तरीय महिला फुटबल प्रतियोगिता–२०८३” भव्य रूपमा सम्पन्न भएको छ । खेलकुदमार्फत एकता, भाइचारा र गाउँपालिकाको पहिचान स्थापित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषतर्फ फक्ताङलुङ एफसी मिक्लाजुङ–२ र महिलातर्फ तुम्बेवा वडा नं. ३ मौवाले उपाधि जित्न सफल भएका छन् ।
मौवा बजारस्थित श्री इन्द्रणी माध्यमिक विद्यालयको खेल मैदानमा बिहीबार सम्पन्न रोमाञ्चक पुरुष फाइनल खेलमा फक्ताङलुङ एफसीले सुम्निमा पारूहाङ एफसी तुम्बेवा–५ लाई ५–२ गोल अन्तरले पराजित गर्दै प्रतिष्ठित उपाधि आफ्नो नाममा पार्यो ।
उपाधिसँगै विजेता फक्ताङलुङ एफसीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको सुम्निमा पारूहाङ एफसीले नगद रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यसैगरी, महिला फुटबल तर्फको फाइनल खेलमा वडा नं. ३ मौवाले वडा नं. ५ हाङगुमलाई १–० गोलले पराजित गर्दै उपाधि उचाल्यो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा मौवाले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भयो ।
महिलातर्फ विजेता मौवाले नगद रु. ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता हाङगुमले नगद रु. १६ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी हात पार्यो ।
महिलातर्फ विजेता मौवाले नगद रु. ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता हाङगुमले नगद रु. १६ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी हात पार्यो ।
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात
- तेस्रो फिदिम भेट्रान्स गोल्डकप चैत्र २५ देखि