News दमक लखनपुर र विराट भेट्रान्स झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको क्वाटरफाइनलमा
गोलनेपाल

शिवशताक्षी । शिवशताक्षी नगरपालिका झापामा अवस्थित दुधे रङ्गशालामा दुधे भेट्रान्स क्लबको आयोजनामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कप अन्तर्गत बिहिबार दुई प्रि क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।

मेची भेट्रान्स र दमक लखनपुर भेट्रान्सबीच पहिलो खेल हुँदा उक्त खेलमा दमक लखनपुरले ४-३ को साँघुरो नतिजामा मेची भेट्रान्स लाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको हो। दमक लखनपुरका लागि सुवाष लिम्बुले ह्याट्रिक पुरा गर्दा तुला मगरले एक गोल थप गरे। सुवाष लिम्बु उक्त खेलमा म्यान अफ द म्याच समेत चुनिए । उता पराजित भएको टोली मेची भेट्रान्सका लागि दिनेश लिम्बु,सुरज लिम्बु र सुरेन्द्र राईले समान एक एक गोल गरका थिए।

गत संस्करणको विजेता धरान सिटी भेट्रान्स र विराट भेट्रान्सबीच दोस्रो खेलमा प्रतिस्पर्धा हुँदा विराट भेट्रान्सले ३-१ को जित हासिल गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ। धरानलाई पराजित गर्ने क्रममा बिराट भेट्रान्सका लागि दनिम राईले दुई गोल गर्दा नवीन लिम्बुले एक गोल थप गरेका हुन्। खेलमा विराट भेट्रान्सका प्रकाश थापाले धरानका लागि उपहार स्वरूप एक गोल दिएका थिए। विराटनगरका दनिम राई उक्तखेलमा नायक साबित भए।

शुक्रबार प्रि क्वाटरफाइनल तीन खेल हुनेछन्। [ ] पहिलो खेल ठिक दिनको १ बजे आयोजक दुधे भेट्रान्स बि र कन्काई भेट्रान्स प्रतिस्पर्धा गर्नेछन् भने दिनको ठिक २ बजे श्रीजङ्गा भेट्रान्स र चारपाने भेट्रान्स प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी दिनको ठिक ४ बजे झिलझिले भेट्रान्स र बौद्ध भेट्रान्स प्रतिस्पर्धा गर्नेछन्।

Post Comments