News सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

सप्तरीः सप्तकोशी नगरपालिका फत्तेपुर-१ अवस्थित सहिद स्मृति रंगसालामा सप्तकोशी नगरपालिकाको मुख्य प्रायोजन तथा नगर खेलकुद विकास समितिको आयोजना र न्यू त्रियुगा स्पोर्टस् कल्बको सह-आयोजनामा सञ्चालन भैइरहेको तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिता-२०८३ आज प्रतियोगिताको अन्तिम फाइनल खेल सम्पन्न भएको छ। उक्त खेलमा सतिसाले स्पोर्टिङ्ग क्लब, मोरङ्ग ले बसाहा क्लब, उदयपुर लाई १-० को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको छ।

खेलको पहिलो हाफ निकै रोचक बन्दै जाँदा दुबै टोलीको तर्फबाट कुनैपनि गोल नभएर गोल रहित (०-०) को बराबरीमा समाप्त भएको थियो । त्यसैगरी दोस्रो हाफ पनि निकै प्रतिस्पर्धातर्फ गइरहेको थियो सोही क्रममा खेलको निर्धारित ६३औं मिनेटमा सतिसालेको लागि फागु राम थारूले गोल रक्षक लभकुश मगरलाई बिट गर्दै उत्कृष्ट फिनीसङ्ग सहित जाली चुमाउँदै वीनीङ्ग गोल गरेर टोलीको जित सुनिश्चित गर्दै प्रतियोगिताको फाइनलमा उपाधि जित्न सफल भएको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बसाहा का सुदीप श्रेष्ठ ' म्यान अफ दि म्याच 'बन्दै नगद रु.२५०० सहित ट्रफि प्राप्त गरे।

प्रतियोगितामा बिजेता बनेका टोली सतिसाले स्पोर्टिङ्ग क्लब, मोरङ्गले नगद रु. २,०२,२२२ सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् त्यसैगरी उपबिजेता बनेका टोली बसाहा क्लब उदयपुरले भने नगद रु.१,०१,१११ सहित ट्रफि, मेडल र प्रमाण-पत्रमा चित्त बुझाएका छन् र विभिन्न विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता सतिसालेका फागु राम थारु र उत्कृष्ट गोल रक्षक सतिसालेका बिपुल मगरले क्रमष नगद रु. ५००० सहित ट्रफि प्राप्त गरेको छन् भने

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिजल राईले नगर रु. ७५०० सहित ट्रफि प्राप्त गरेको छ।

Post Comments