News
हिरा, अनिता र निशाले मलेसियन लिगमा खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यहरु हिरा भुजेल, अनिता बस्नेत र निशा थोकरले मलेसियामा व्यवसायीक फुटबल खेल्ने भएका छन ।
उनीहरुलाई रेड इगल्स सकर क्लबले अनुबन्ध गरेको छ । क्लबले यी तीन खेलाडीहरुलाई अनुबन्ध गरेको कुरा आफ्नो सामाजिक सञ्जाल मार्फत समेत जानकारी गराएको छ ।
स्मरण रहोस, मलेसियन राष्ट्रिय महिला लिग गत जुन १३ तारीखदेखी शुरु भईसकेको छ । साथै लिग अक्टोबर अन्तिमसम्म चल्नेछ ।
लिगमा कुल ६ टोलीहरु सहभागी छन । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शिर्ष चार टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन