News एलनको ह्याट्रिकसहित फर्साटिकर क्वाटरफाइनलमा
सुरज राना मगर

सुर्यनगर । एलन थापाले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेपछि फर्साटिकर एफसी जारी छैटौं सुर्यनगर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बर्दघाट नगरपालिकाको संरक्षकत्वमा 

बर्दघाट–१६ पश्चिम नवलपरासीमा जारी छैटौं सुर्यनगर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितातर्फ सुर्यनगर रंगशालामा मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले पाल्पा–११ माथि ५–१ को शानदार जित निकाल्यो । फर्साटिकरको जितमा एलन थापाले ह्याट्रिक गरे । त्यस्तै सुरज हमाल र जनक कार्कीको नाममा एक–एक गोल रह्यो ।

मंगलबारको खेलमा फर्साटिकरका ह्याट्रिककर्ता एलन थापा नै म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत फागुन १२ गते बुधबारको खेल सेन्ट्रल कलेज भरतपुर एफसी, चितवन र कपिलवस्तु जिल्ला फुटबल संघबीच हुने आयोजकले जनाएको छ ।

श्री नव युवा क्लब, बर्दघाट–१६ सुर्यनगर, पश्चिम नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन २२ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष भिमकाजी गुरुङले बताए ।

 

Post Comments