News मैत्रीपूर्ण फुटबलमा एन पेनाङको शानदार जित
गोलनेपाल

जोहोर, मलेसिया । मलेसियाको जोहोरस्थित ARENA MUTIARA JOHOR LAND मा जुलाई १९, २०२६ मा सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा N.PENANG FC ले MAKALU FC लाई ४–१ गोल अन्तरले पराजित गरेको छ।

मलेसियामा रहेका नेपाली समुदायबीच चर्चित दुई फुटबल क्लबबीच भएको यो मैत्रीपूर्ण खेल MAKALU FC को आयोजनामा सम्पन्न भएको हो। खेलमा N.PENANG FC ले उत्कृष्ट टोलीगत प्रदर्शन गर्दै ४–१ को प्रभावशाली जित दर्ता गरेको थियो।

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका यी दुई नेपाली क्लबबीचको प्रतिस्पर्धाले दर्शकलाई रोमाञ्चक फुटबलको अनुभव दिलाएको छ। प्रतिस्पर्धात्मक वातावरणका बीच खेलाडीहरूले उत्कृष्ट खेल भावना, अनुशासन र मित्रताको परिचय दिएका थिए।

 
Post Comments