News
चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
पेनाङ, मलेसिया । नेपाली राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। आगामी २ अगस्ट २०२६ का दिन पेनाङमा एन पेनाङ एफसी (मलेसिया) र नेपबोर्न एफसी (अष्ट्रेलिया) बीच यो विशेष खेल हुन लागेको हो।
एन पेनाङ एफसीका अध्यक्ष अंकित थापाका अनुसार खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानअन्तर्गत यो च्यारिटी म्याचको आयोजना गरिएको हो। खेलबाट संकलन हुने सम्पूर्ण सहयोग रकम हाल उपचाररत रहेका घाइते राष्ट्रिय खेलाडी आशिष राईलाई हस्तान्तरण गरिने जानकारी अध्यक्ष थापाले दिनुभयो।
"यो केवल दुई क्लबबीचको खेल मात्र नभई अप्ठ्यारो स्थितिमा रहेका हाम्रा होनहार राष्ट्रिय खेलाडीलाई बचाउने र सहयोग गर्ने एउटा अभियान हो," अध्यक्ष थापाले भन्नुभयो।
आयोजक क्लबले मलेसियामा रहेका सम्पूर्ण नेपाली समुदाय, खेलप्रेमी, शुभचिन्तक तथा सहयोगी मनहरूलाई खेल मैदानमा उपस्थित भई आशिष राईको उपचार अभियानमा साथ दिन हार्दिक अपिल गरेको छ। खेलकुदमार्फत सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको एन पेनाङ एफसीले आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने