News
बेचौरी फुटबल क्लबलाई हराउँदै श्री हरैचा स्पोर्टिङ क्लब सेमिफाइनलमा
बेलबारी । मोरङको बेलबारी स्वर्गीय सन्तमान राई स्मृति खुला फुटबल प्रतियोगिता २०८३ सालको असोज २० गते तेस्रो दिनमा भएको खेलमा श्री हरैँचा स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलमा श्री हरैँचा स्पोर्ट्स क्लब को तर्फबाट पहिलो गोल विशाल मगरले गरेको थियो भने दोस्रो गो विवेक राईले गरेका थिए र त्यसै गरेर बेलचौरि को तर्फबाट पहिलो गोल निशान राईले गरेका थिए भने दोस्रो दोस्रो गोल भने पेनाल्टी सुटआउटमा सञ्चय लिम्बुले गरेका थिए।
यस खेल दुईदुई गोलमा परिणत भएसँगै खेल टुंगिएको थियो र खेलको निर्णय पेनाल्टी सुटआउटमा मार्फत भएको थियो। पेनाल्टी सुटआउटमा श्री हरैचा स्पोर्टिङ क्लबको तर्फबाट सुजन चौधरी ,असिम राई ,विनोद राई र विवेक राईले गोल गरेका थिए भने बेलचौरी फुटबल क्लबको तर्फबाट रोहन गुरुङ र त्यस्तै गरेर संजय लिम्बुले पेनाल्टीमा गोल गरेका थिए ।
त्यसै गरेर मन्जिल खड्काको प्रहारलाई रोशन कार्कीले सेभ गरे भने सन याक्खाको प्रहार भने पोस्ट बाहिर रहेको थियो। यसै गरेर खेलमा चार दुईको अन्तरले खेल समाप्त भएको थियो।आजको खेलको म्यान अफ द म्याच रोशन कार्की भए उनले 2083 रुपैयाँ सहित मेडल प्राप्त गरेको छन् ।भोलि हुने अन्तिम क्वाटरफाइनलमा खदम फुटबल क्लब र सिशौलि फुटबल क्लब हुने छ।
Post Comments
Related News
- एक्स्ट्रीम जितपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता असोज १० गतेदेखि
- निजगढ फुटबल क्लबका डिफेन्डर सुजित यू-१५ राष्ट्रिय फुटबल टोलीमा छनौट
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने