News सन्तको दुई गोलमा गैडाकोट पञ्चकन्या गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

चितवन । गैडाकोट एफसी गैडाकोट प्रथम पञ्चकन्या गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

रत्ननगरस्थित टिकौली मैदानमा आज भएको अन्तिम क्वाटरफाइनलमा योङ ब्वाईज रुपन्देहीलाई २-० ले हराउँदै गैडाकोटले सेमिफाइनलमा स्थान पक्का गरेको हो । गैडाकोटको जितमा दुबै गोल शन्तबहादुर गुरुङले गरे ।

गैडाकोटको जितमा नायक बनेका शन्त अफ दि म्याच बने । गैडाकोटले अब फाइनल प्रवेशका लागि २२ गते ल्हासो कन्सल्टेन्सी एफसीको सामना गर्नेछ ।

Post Comments