News
युनाइटेड क्लब अफ तरहरा सेमिफाइनलमा प्रबेश
सुनसरी । इटहरी २ सान्तिनगरको बुडासुबा खेल मैदानमा सुरु भएको आशिष राई सहयोग आर्थ पाँचौं मनसुन फुटबल प्रतियोगिता २०८३ सालको पहिलो क्वाार फाइनल खेल मा २-० ले हराउँदै युनाइटेड क्लब अफ तरहरा सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलमा पहिलो गोल अशिम राईले गरेका थिए भने दोस्रो गोल पेनाल्टीद्वारा खेलकप्तान युगन राईले गरेका थिए। र खेलको म्यान अफ द म्याच युनाइटेड क्लब अफ तरहराका जर्सी नम्बर २ काली बहादुर थापा घोषित भएकक थिए ।
दोस्रो क्वाटर फाइनल खेल भने राजावास युथ क्लब भर्सेस सोमबारे फुटबल क्लब बीच प्रतिस्पर्धा हुने छ।
यस प्रतियोगितामा जम्मा दस टिमले सहभागिता लिएका छन् भने दुई टिम आयोजक रहेको छ।प्रतियोगितामा पहिलो हुने क्लबले रु ५० हजार सहित ट्रफी मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने क्लबले रु ३० हजार ट्रफी मेडल प्राप्त गर्नेछ।
प्रतियोगिताको आयोजक सान्तिनगर फ्यान क्लब रहेको छ भने सह आयोजक सान्तिनगर फुटबल क्लब रहेको छ । असोज २५ गतेबाट सुरु भएको यस प्रतियोगिता कात्तिक २ गते सम्पन्न हुने छ।
Post Comments