News सी डिभिजनमा रहेको समाज कल्याणको अध्यक्षमा सबिन महर्जन सर्वसम्मत
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । सी डिभिजन फुटबलमा प्रतिस्पर्धा गर्दै आएको समाज कल्याण खेलकुद केन्द्र क्लबको छैटौँ साधारण सभा–२०८३ बाट सबिन महर्जन क्लबको अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

साधारण सभाले क्लबको नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा मनीष शाक्य, कोषाध्यक्षमा भरत श्रेष्ठ, महासचिवमा सरोज महर्जन, सचिवमा नवीन महर्जन तथा सदस्यहरूमा राकेश सापकोटा र निरोज महर्जन चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमिति:

अध्यक्ष: सबिन महर्जन

उपाध्यक्ष: मनीष शाक्य

कोषाध्यक्ष: भरत श्रेष्ठ

महासचिव: सरोज महर्जन

सचिव: नवीन महर्जन

सदस्य: राकेश सापकोटा, निरोज महर्जन

नवनिर्वाचित अध्यक्ष सबिन महर्जनसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

Post Comments