News १२औं कञ्चन अध्यक्ष गोल्डकप आजदेखि
सुरज राना मगर

कञ्चन । हिमालय सामुदायिक विकास केन्द्र, रुद्रपुर रुपन्देहीको आयोजनामा आजदेखि १२औं हिमालय अध्यक्ष गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कञ्चन एफसी (निलो) र भैरव एफसी, नवलपरासी भिड्दै छन् । कञ्चन गाउँपालिका–९ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको संरक्षक कञ्चन गाउँपालिका रहेको छ ।

महाशिवरात्रीको अवसर पारेर प्रत्येक बर्ष आयोजना हुँदै आएको प्रतियोगितामा यस बर्ष ८ टोलीहरुले मात्र सहभागिता जनाएको प्रतियोगिताका सह–संयोजक टिका मगरले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीलाई पनि जनही ११–११ हजारका दरले पुरस्कृत गरिने सह–संयोजक मगरले बताए ।

त्यसैगरि प्रतियोगिताको अन्य व्यक्तिगत विधातर्फ पनि सबैलाई नगद सहितको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएकोछ । प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको सह–संयोजक मगरले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने फागुन २७ गतेका दिन हुनेछ ।

Post Comments