आठराईस्थित खाम्लालुङ खेलमैदानमा जारी स्व. गजेन्द्र इस्वो स्मृति रनिङ फुटबल प्रतियोगितामा बुधबार तीन टिमले जीत दर्ता गरेका छन् ।
पहिलो खेलमा आयोजक ए टिमले तेह्रथुमकै इवा खेलकुद विकास समितिलाई पराजित गर्यो । आयोजकका लागि विजय गिरीले खेलको १६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी म्यान अफ दी म्याच घोषितहुँदै नगद १ हजार पाउन सफल भए ।
त्यस्तै, दोस्रो खेलमा सीवाईसी म्याङलुङ विजयी भयो । प्रतिस्पर्धी लिसिबुङलाई १-० गोलअन्तरले पराजित गर्दै सीवाईसी विजयी भएको हो । सिवाईसीका लागि प्रकाश लिम्बूले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच लिसिबुङका युकेश मगर घोषित भए । उनले नगद १ हजार पाए ।
बुधबारको अन्तिम खेलमा नाइट स्टार फेदाप २ विजयी भयो । पाहुना टोली ताप्लेजुङको युनाइटेड हाम्पाङ युवा क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै फेदापले जीत दर्ता गरेको हो ।
उसका लागि कप्तान सुनिल लिम्बूले २ गोल गरे भने गणेश भण्डारीले एक गोल थपे । खेलको म्यान अफ दी म्याच सुनिल लिम्बू घोषित भए ।
आयोजक आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।
पुरुषतर्फको विजेताले नगद १ लाख २० हजार र उपविजेताले नगद ८० हजार तथा महिलातर्फको विजेताले नगद ६० हजार र उपविजेताले ४० हजार, ट्रफी पाउनेछ । भोलि (बिहीबार) महिलाको एक खेलसहित चार खेल हुने आयोजकले जनाएको छ ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न