News हेटौंडा मेयर कपमा ५ र १३ सेमीफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौंडाको हुप्रचौरमा जारी मेयर कप फुटबल प्रतियोगितामा हेटौंडाको ५ र १३ नम्बर वडा सेमीफाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको खेलबाट जित निकाल्दै ५ र १३ ले अन्तिम ४ मा स्थान पक्का गरेको हो । ५ ले ६ नम्बर वडालाई र १३ ले ११ नम्बर वडालाई हराउँदै सेमीफाइनलमा भिडन्त पक्का गरेको हो । ५ ले ६ लाई ३–० गोल अन्तरले स्तब्ध बनायो । खेलमा पाँच नं वडाका सुरज बिष्ट म्यान अफ द म्याच भए ।

यस्तै बिहीबारै भएको खेलमा १३ ले ११ लाई २–० ले हराएको हो । ११ का डिफेण्डरको गल्तीको फाइदा उठाउँदै १३ का दीपक थिङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ४९ औं मिनेटमा ११ का खेलाडीले आफ्नै पोष्टमा गोल गरेपछि १३ ले एक गोल उपहार पाएको थियो । खेलमा १३ नम्बर वडाका डिफेण्डर दिलिप मोक्तान म्यान अफ द म्याच भए ।

जारी प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा १८ र ७ नम्बर वडा खेल्नेछ भने दोस्रो खेल १९ र १० नम्बर वडाको बीचमा हुनेछ ।

Post Comments