News नेपालले तीन देशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मार्चमा नेपालले तीन देश सम्मिलित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने घोषणा गरेको छ । प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तानले सहभागिता जनाउने छ ।

यद्यपि एन्फाका अनुसार किर्गिस्तानको यु–२३ ओलम्पिक फुटबल टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगिता यहि आउँदो २२ देखि ३० मार्चसम्म हुनेछ ।

राउण्ड–रोबिनका आधारमा हुने प्रतियोगितामा शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । यो प्रतियोगितालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि मान्यता दिएको छ । यसको अर्थ यो प्रतियोगिताको प्रदर्शनले तीनै देशको फिफा वरियतामा पनि अर्थ राख्नेछ ।

प्रतियोगिताका सबै खेलहरु काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछन् । स्मरण रहोस, नेपालले खेल्ने भनिएको फिफा विश्वकप२०२२ र एएफसी एसियन कप २०२३ को छनौट खेलहरु फेरि स्थगित भएपछि एन्फाले यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्ने जमर्को गरेको हो ।

Post Comments