News फाइनलमा गेरुवा र मधुवन भिड्ने
गोलनेपाल

बढैयाताल । दोस्रो बर्दिया जिल्ला पालिका कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा गेरुवा गाउँपालिका र मधुवन नगरपालिका भिड्ने भएका छन् ।

बढैयाताल–८ स्याउलीबजार स्थित बर्दिया खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा आयोजक बढैयाताल गाउँपालिकालाई टाईब्रेकरमा ३–१ ले हराउँदै गेरुवाले मधुवनसँगको फाइनल भेट पक्का गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने गेरुवाले नतिजा आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।

फाइनल खेल फागुन २२ गते शनिबारका दिन हुनेछ । कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बढैयाताल–८ स्याउलीबजार, बर्दियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments