News सलहेशले जित्यो सिरहा मेयर कपको उपाधि
गोलनेपाल

सिरहा । दोस्रो सिरहा मेयर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली सलहेश युवा कलब, सिरहाले जित्न सफल भएको छ ।

शनिबार भएको फाइनल भिडन्तमा सलहेशले एफसी मुन्डियल, हेटौडालाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो । विजेता बनेको सलहेशले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेताले एफसी मुन्डियलले १ लाख ५० हजारमा चित्त बुझायो ।

सिरहा जिल्ला फुटबल संघको आयोजनामा गत फागुन १५ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरि कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments