News दोस्रो थिङ्गकिङ मोटर्स भरतपुर २४ गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

नयाँबस्ती । खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजनामा शुरु हुन गईरहेको दोस्रो थिङ्गकिङ मोटर्स भरतपुर २४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ ।

यहि फागुन २४ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको खेल संयोजक राजु बोम्जनले बताए । बोम्जनका अनुसार भरतपुर–२४ स्थित सिद्धार्थ माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा हनामी एभरेष्ट एफसी, पसेनी र आयोजक खेलकुद विकास समिति, भरतपुर–२४ भिड्ने छन् ।

थिङ्गकिङ मोटर्सको मूख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले एक थान माउण्टेन बाइक साइकल हात पार्नेछ भने अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

भरतपुर महानगरपालिका वार्ड नम्बर ३४ ले सह–आयोजकको जिम्मेवारी पाएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल भने चैत ७ गतेका दिन हुनेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर समेत रहेको गोलनेपाल डटकमले प्रत्येक खेलहरुको प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।

 

Post Comments