News नेपाल एपिएफ सेमिफाइनलमा
गोलनेपाल

गोलबजार । विभागीय टोली नेपाल एपिएफ क्लब जारी रमपम चौथो गोलबजार मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गोलबजार, सिरहा स्थित स्थानीय खेलमैदानमा भएको क्वाटरफाइनल भिडन्ततर्फ एपिएफले डाँगीहाट एफसी, मोरङमाथि २–० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

शनिबार सम्पन्न खेलतर्फ एपिएफको जितमा विश्वास उदास र रबि थिङले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच एपिएफ कै रबि थिङ घोषित भए । उनले पुरस्कार वापत नगद ६ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन २३ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक गोलबजार प्रतिभा क्लब, सिरहा र एभरेष्ट एफसी, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

गोलबजार प्रतिभा क्लब र गोलबजार नगरपालिका, सिरहाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख ७५ हजार हात पार्नेछ ।

 

Post Comments