News फुटबल करियरलाई निरन्तरता दिन कतारबाट स्वदेश फर्किए फुटबलर शिव श्रेष्ठ
गोलनेपाल

नेपालमा आफ्नो फुटबल करियरलाई फेरि निन्तरता दिन पूर्व राष्ट्रिय फुटबलर शिव श्रेष्ठ कतारबाट स्वदेश फर्किएका छन् ।

आफ्नो उज्ज्वल भविष्यका लागि ढाई बर्ष कतारमा बिताएका शिवले नेपाल फर्किएपछि गोलनेपाल डटकमसँग कृुरा गर्दै भने “मलाई बैदेशिक रोजगारले पुग्यो । अब म आफ्नो फुटबल करियर मै ध्यान केन्द्रित गर्न चाहन्छु ।”

नेपाल फर्किए लगतै फुटबलमा सक्रिय बन्ने मनस्थिति बनाएका श्रेष्ठले केही क्लबहरुसँग कुरा समेत भईरहेको बताए । उनी अगाडी भन्छन्, “मेरो केही क्लबहरुसँग कुरा पनि भईरहेको छ । यद्यपि म आफ्नो पुरानै क्लब मनाङमा आवद्ध हुन चाहन्छ । सबेभन्दा पहिला त म आफ्नो फिटनेस पून प्राप्तीका लागि प्रयास गर्नेछु ।”

शिव भन्दा अघि अर्का फुटबलर अमिर श्रेष्ठ कतारबाट फर्किएका थिए । हाल उनी च्यासल युथ क्लबमा आवद्ध भएर ए डिभिजन लिग खेलिरहेका छन् । स्मरणीय छ कि पछिल्लो तीन बर्ष देखि लिग सञ्चालन नहुँदा २६ ए डिभिजन खेलाडीहरु बिदेश पलायन भएका थिए ।

Post Comments