News आयोजक गोलबजार प्रतिभा क्लब सेमिफाइनलमा
गोलनेपाल

गोलबजार । आयोजक गोलबजार प्रतिभा क्लब यहाँ जारी रमपम चौथो गोलबजार मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गोलबजार, सिरहा स्थित स्थानीय खेलमैदानमा आइतबार भएको क्वाटरफाइनल खेलतर्फ आयोजकले दश खेलाडीमा सिमित हुन पुगेको एभरेष्ट एफसी, सुनसरीलाई ४–३ ले हरायो ।

खेलमा एभरेष्टका निशान लिम्बुले दोहारो पहेंलो कार्ड खाँदै मैदान छाड्दा पाहुना टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो । खेलको म्यान अफ द म्याच आयोजकका फोफोना घोषित भए । उनले पुरस्कार वापत नगद ६ हजार र ट्रफी हात पारे ।

गोलबजार प्रतिभा क्लब र गोलबजार नगरपालिका, सिरहाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँ हात पार्नेछ ।

 

Post Comments