News झरना र सोमई ब्रदर्श सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । झरना स्पोर्टस क्लब र सोमई ब्रदर्श यहाँ जारी स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा भएको क्वाटरफाइनल खेलतर्फ झरनाले धिम्रु समाज, स्याङ्जालाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

त्यस्तै सोही दिन सम्पन्न भएको अर्को क्वाटरफाइनल खेलतर्फ सोमई ब्रदर्शले रेसुङा एफसीमाथि २–० को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो ।

प्रतियोगिता अन्तरगत चैत्र १० गते पनि दुई क्वाटरफाइनल खेलहरु हुँदैछन् । जसअन्तरगत सखुवानी एफसी र न्यु हिमालयन एफसी भिड्ने छन् भने अर्को क्वाटरफाइनलमा इन्टर स्पोर्टस र मंगलापुर गाईज आमने सामने हुने खेल संयोजक जिवन सुवेदीले बताए ।

डिएमसी, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १३ गतेका दिन हुनेछ ।

Post Comments