News लमजुङ: 
तेस्रो करापुटार फुटबल प्रतियोगिता चैत दोस्रो साता देखी
गोलनेपाल

श्री करापुटार क्लबको आयोजनामा तेस्रो करापुटार खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता यहि चैत १२ गते देखि १६ गतेसम्म मध्येनेपाल-७ रामबजार ,लमजुङमा संचालन हुने भएको छ ।

मध्येनेपाल-७ रामबजार सिसौघारीमा रहेको ईसानेश्वर खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार रुपैँयाको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

उपविजेताले नगद ७५ हजार रुपैँयाका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार रुपँया प्राप्त गर्नेछन भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर र फरवार्डले समान ३–३ हजार रुपैँया साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Post Comments