News नव युवा क्लब क्वाटरफाइनलमा
सुरज राना मगर

सुस्ता । नव युवा क्लब, बर्दघाट–१६ यहाँ जारी प्रथम सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुस्ता–४ नरसही स्थित स्थानीय खेलमैदानमा भएको खेलमा नव युवाले गोर्खा युवा क्लबलाई ४–० ले हराउँदै क्वाटरफाइनलमा प्रवृश गर्न सफल भएको हो ।

नव युवाको जितमा अनुप बाह्रघरे र मनिष चौधरीले गोल गरे । थप दुई गोल भने विपक्षी टोलीका खेलाडीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

खेलको म्यान अफ द म्याच नव युवाका प्रविन आले मगर घोषित भए । प्रतियोगिता अन्तरगत चेत्र १० गतेको खेल कञ्चनगढी युवा क्लब र तिलकाना युवा क्लबबीच हुने खेल संयोजक धिरज गुरुङले बताए ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा एकता युवा कलब र जर्लैया युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो चैत्र २० गतेका दिन हुने संयोजक गुरुङले बताए ।

Post Comments