News सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकपमा नुवाकोटको विजयी शुरुवात
गोलनेपाल

चितवन । बिहीबारदेखि शुरु सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नुवाकोट युनाइटेडले शानदार शुरुवात गरेको छ ।

चितवन स्थित क्याम्पाचौर खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा नुवाकोटले घरेलु टोली सेन्ट्रल कलेज भरतपुर एफसीलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

नुवाकोटको जितमा खेल शुरु भएको १३औं मिनटमा सजिन थापा मगरले पहिलो गोल गरे । ५८औं मिनटमा शिरिष थापाले दोस्रो गोल थपे भने ७३औं मिनटमा सजिन थापा मगरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै नुवाकोटको जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच पनि नुवाकोटका लागि दुई गोल गरेका सजिन थापा मगर नै घोषित भए । प्रतियोगिता अन्तरगत चैत्र १३ गते शुक्रबारको खेल फर्साटिकर युवा क्लब, रुपन्देही र मकवानपुर–११ बीच हुने आयोजकले जनाएको छ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने यहि चैत्र २१ गतेका दिन हुनेछ ।

Post Comments