News अफ्रिकन रुटस सेमिफाइनलमा
गोलनेपाल

चितवन । अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन यहाँ जारी स्व. विजय खड्गी स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा हानामी एभरेष्ट क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै अफ्रिकी टोली अन्तिम चारमा पुगेको हो ।

त्यसअघि नारायणगढ स्थित क्याम्पा चौर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसक्दा एभरेष्ट क्लब पराजित हुन पुग्यो ।

खेल शुरु भएको दोस्रो मिनट मै जित मगरको गोलबाट एभरेष्टले अग्रता बनाएको थियो । तर दोस्रो हाफको ५७औं मिनटमा अफ्रिकनका लागि मौसाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा भने एभरेष्टका रबिन श्रेष्ठले गोल गर्न नसक्दा टोली ५–४ ले पराजित हुन पुग्यो ।

खेलको म्यान अफ द म्याच अफ्रिकन रुटसका मौसा घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १८ गते बुधबारको पहिलो सेमिफाइनल खेल नुवाकोट–११ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यहि चैत्र २१ गतेका दिन हुनेछ ।

Post Comments