News अफ्रिकन फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
गोलनेपाल

चितवन । सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्र्ितयोगिताको फाइनलमा अफ्रिकन रुटस एसोसिएशन र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने भएका छन् ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अफ्रिकनले बागमती युवा क्लब, सर्लाहीको चुनौति टाईब्रेकरमा ४–३ ले पन्छाउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

नारायणगढ स्थित क्याम्पाचौर खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने अफ्रिकनले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

निर्धारित समयतर्फ अफ्रिकन रुट्सका लागि एन्जिमीले गोल गरेका थिए भने उता बागमतीका लागि म्याक्सवेलले गोल फर्काएका थिए ।

प्रतियोगिताको फाइनल खेल भने यहि चैत्र २१ गते शनिबारका दिन हुने आयोजकले जनाएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments