News फुटबलमा भुटानको सनसनी
गोलनेपाल

१३औं सागको पुरुष फुटबलतर्फ सम्भवत पहिलो सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा पहिलो दिन नै भुटानले पदकको दावेदार मानिएको बंगलादेशलाई स्तब्ध तुल्यायो ।

दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा भुटानले बंगलादेशमाथि १–० को स्तब्धपुर्ण जित निकाल्यो । दोस्रो हाफको ६४औं मिनटमा कप्तान तथा स्टार फरवार्ड चेन्चो ग्याल्सेनले भुटानका लागि निर्णायक गोल गरे ।

भुटानले आफ्नो दोस्रो खेल मंगलबार नै आयोजक नेपालसँग खेल्दैछ । प्रतियोगितामा भारतले सहभागिता नजाउने भएपछि अन्तिम समयमा आएर खेलतालिका परिवर्तन गरिएको थियो ।

सहभागि कतिपय देशका प्रशिक्षकहरुले परिवर्तित खेलतालिकालाई लिर असन्तुष्टी समेत पोखेका थिए । तर, पनि आजको शुरुवाती खेल भने सफलताका साथ सम्पन्न भएको छ ।

Post Comments