मनास्लु एफसी कालिस्थानलाई रोक्दै झापा एफसी राजगढ यहाँ जारी झापा जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
स्थानीय दीपज्योति खेलमैदानमा मंगलबार भएको अन्तिम सेमिफाइनलमा झापा एफसीले ४–२ गोलले जित दर्ता गर्दै फाइनल स्थान पक्का गरेको हो ।
झापा एफसीका लागि विशाल दर्जीले खेलको ८औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । त्यस्तै, खेलको १०औँ र २३औँ मिनेटमा रमन तामाङले व्यक्तिगत दोस्रो गोल गरे भने अन्तिम गोल गणेश हेमरमले खेलको ३१औँ मिनेटमा गरेका थिए ।
उता दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको मनास्लुका समित गुरुङ दोस्रो हाफको ९ मिनेटमा गोल गरेर टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यस्तै, शेरु लिम्बूले १८औँ मिनेटमा थप गोल गरे पनि जीतका लागि सम्भव भएन ।
खेलको म्यान अफ दी म्याच झापा एफसीका श्याम मुर्मू घोषित भए । उनलाई अर्जुनधारा १० नम्बर वडाका अध्यक्ष बलदेव गोम्देनले पुरस्कारस्वरुप नगद २ हजार प्रदान गरे ।
कप्तानबारी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा जिल्लाका ८ टिम सहभागी थिए । झापा एफसी राजगढले बिहीबार अर्जुनधाराको शनिश्चरे एफसीसँग फाइनल खेल्नेछ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा