News डिवाइसीलाई झिनो अन्तरले हराउँदै भैरव फाइनलमा
गोलनेपाल

भैरव एफसी, नवलपरासी रुपन्देहीमा जारी प्रथम सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सैनामैना–७, देवापारस्थित सरस्वती माविको खेलमैदानमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा भैरवले डिवाइसी, कोटिमाईलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो । खेल शुरु भएको चौथो मिनटमै भैरवका लागि अनुप गुरुङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्न पुग्यो ।

बुधबारको खेलमा निर्णायक गोल गरेका भैरवका अनुप गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइन खेल भरना स्पोर्टस् क्लब र एभरेष्ट एफसी, चितुवनबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।

जनप्रिय स्र्पोटिङ्ग युवा क्लब, सैनामैना–७, देवापारको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवनका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ८१ हजार हात पार्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले नगद २०–२० हात पार्ने आयोजक क्लबका अध्यक्ष रानाले बताए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ५–५ हजार हात पार्नेछन् ।

Post Comments