News रुपन्देहीमाथि आयोजकको संघर्षपूर्ण जित
गोलनेपाल

संघर्षपूर्ण जितका आयोजक दमक–११ जारी दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दमकस्थित दमक बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न खेलमा आयोजकले करेन्ट रुपन्देह–११ लाई टाईब्रेकरमा ४–३ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

बिहीबारको खेलमा आयोजक टोलीका गोलरक्षक विकास माझी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो क्वाटरफाइनल खेल मदन भण्डारी स्पोर्टस् एकेडेमी र एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

दमक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख हात पार्नेछ ।

Post Comments