News भारतको फाइनल यात्रा पक्का
गोलनेपाल

गत संस्करणको स्वर्ण विजेता समेत रहेको भारतीय महिला फुटबल टोली जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

पोखरा रंगशालामा बिहीबार बिहान भएको पहिलो खेलमा भारतले श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्दै फाइनल यात्रा सुनिश्चित गरेको हो ।

यसअघि भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो ।

भारतले लिग चरणको अन्तिम खेलमा शनिबार नेपालसँग खेल्नेछ । नेपालले बिहीबार नै २ बजे माल्दिभ्ससँग खेल्ने कार्यक्रम छ ।

यसअघि घरेलु टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि १–० को संघर्षपुर्ण जित निकालेको थियो ।

Post Comments