News भगिमान सिंह स्मृति गोल्डकप: सडन डेथमा आयोजक विजयी
गोलनेपाल

शुक्रबारदेखि शुरु दोस्रो भगिमान सिंह स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आयोजक बिटीएफसीले विजयी शुरुवात गरेको छ ।

म्याङलुङ खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजकले डाँगीहाट फुटबल क्लबलाई सडन डेथमा हराउँदै सेमिफाइनल स्थान समेत पक्का गर्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

शुक्रबारको खेलमा आयोजक टोलीका सन्तोष फोम्बो म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत मंसिर २१ गते शनिबारको खेल गाईघाट एफसी, उदयपुर र द योङ ब्रदर्श इटहरी, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

भगिमान सिंह तुङबाहाङफे मेमोरियल ट्रष्ट, म्याङलु–२ तेह्रथुमको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि मंसिर २६ गते हुनेछ ।

Post Comments