News मच्छिन्द्रमा प्रशिक्षक कटुवालको निरन्तरता
गोलनेपाल

काठमाडौं । साविक लिग च्याम्पियन सन मिगेल मच्छिन्द्र क्लबले आफ्नो मुख्य प्रशिक्षकमा झापाली प्रशिक्षक प्रवेश कटुवाललाई नै निरन्तरता दिएको छ ।

क्लबले बिहीबार कटुवालसँगको सम्झौता सिजन २०२१–२२ का लागि नविकरण गरिएको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ । यद्यपि दुवै पक्षबीच भएको आर्थिक सम्झौताबारे भने केही खुलाइएको छैन ।

एएफसी ए लाईसेन्स प्रशिक्षक समेत रहेका कटुवाल कै प्रशिक्षकीय जिम्मेवारीमा मच्छिन्द्रले गत सिजनको लिग जितेको थियो । यद्यपि एएफसीले तोकेको मापदण्ड पूरा गर्न नसक्दा मच्छिन्द्रले लिग च्याम्पियनको हैसियतले प्रतिष्ठित एएफसी कप खेल्नबाट भने बञ्चित भएको थियो ।

त्यसपछि मच्छिन्द्रको स्थानमा लिगतालिकाको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा सहभागिता जनाएको छ ।

(तस्विरः एन्फा)

Post Comments