News जावलाखेलमा महेन्द्र कै नेतृत्व
गोलनेपाल

काठमाडौं । नेपालको पुरानो र चर्चित ए डिभिजन क्लब मध्ये एक जावलाखेल युथ क्लबको अध्यक्षमा महेन्द्र क्षेत्री नै सर्वसम्मत पूनः निर्वाचित भएका छन् । क्लबको साधारणसभाले क्षेत्रीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

त्यस्तै क्लबको उपाध्यक्षहरुमा उज्ज्वल कर्माचार्य, महेशचन्द्र महत र राजु बोगटी छन् । महासचिवमा कविर बस्नेत निर्वाचित भएका छन् भने सचिवमा राजकुमार श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा बिष्णुराज खड्का छन् ।

त्यसैगरी क्लबको कार्यसमिति सदस्यहरुमा प्रदिप तण्डुकार, रबि खड्का, सुनिल के।सी, निरज खड्का, विकाश कार्की, सानुभाई थापा र दिपक थापा रहेका छन् ।

Post Comments