News मनाङका फरवार्ड विजय पनि विदेश प्रस्थान
गोलनेपाल

काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबका युवा फरवार्ड विजय श्रेष्ठ पनि सुनिश्चित भविष्यको खोजीमा विदेश प्रस्थान गरेका छन् । विजय विदेश प्रस्थान गरेको कुरा मनाङले पनि आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।

क्लबका अनुसार विजय अष्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् । नेपाली फुटबलमा भविष्य नदेखेरै सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया अन्य देशहरुमा पलायन हुने नेपाली खेलाडीहरुको सूचीमा अब विजय श्रेष्ठको नाम पनि थपिएको छ ।

विजयले गत सिजन मनाङ कै लागि ए डिभिजन लिग पनि खेलेका थिए । साथै मोफसलमा भएका केही प्रतिष्ठित नकआउट प्रतियोगितामा मनाङका लागि खेल्दै उपाधि पनि जितेका थिए । जसमध्ये एक बुटवलमा सम्पन्न प्रतिष्ठित तिलोत्तमा गोल्डकप पनि थियो ।

Post Comments