News
फिदिम नगरकप पुस १० गतेदेखि
पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा सञ्चालन हुने फिदिम नगरकप फुटवल प्रतियोगिताको दोस्रो सँस्करण आउँदो पुस १० गतेदेखि हुने भएको छ ।
स्थानीय बराजु खेलमैदानमा हुने प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुने आयोजक स्वतन्त्र क्लवले आज फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । प्रतियोगितामा प्रदेश–१ का चर्चित क्लवहरुले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा आयोजक स्वतन्त्र क्लव रानीटारसँगै फिदिम स्पोर्टिङ क्लव पाँचथर, भैरवी दल गण पाँचथर, मितेरी क्लव आठराई तेह्रथुम, डिफेन्डिङ च्यान्पियन रेडस्टार क्लव झापा, रेडहर्ष क्लव इलाम, योङ व्वाइज क्लव इलाम र सैनिक युथ क्लव झापाले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष बलबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।
खेललाई पर्यटनसँग जोड्ने हाम्रो अभियान भन्ने नाराका साथ सञ्चालन हुन गइरहेको प्रतियोगिताको विजेताले उपाधिसँगै नगद १ लाख ११ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो हुने टिमले ट्रफीसँगै नगद ५५ हजार ५ सय रुपैयाँ पाउनेछ ।
यस्तै विधागततर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र मिडफिल्डले जनही २÷२ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्यानलाई नगद १५ सय रुपैयाँ प्राप्त गर्ने आयोजक सँस्थाकी पबित्रा गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न ८ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।
Post Comments
Related News
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात