News साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक
गोलनेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आगामी अक्टुबर पहिलो सातादेखि शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिप २०२१ को आधिकारिक लोगो सार्वजनिक गरेको छ ।

आयोजक राष्ट्र माल्दिभ्समा आइतबार एक कार्यक्रमको आयोजना गरि प्रतियोगिता लन्चिङ कार्यक्रममा यस बर्ष हुने साफ च्याम्पियनसिपको आधिकारिक लोगो पनि सार्वजनिक गरिएको हो । सो कार्यक्रममा साफ अध्यक्ष काजी सलाहुद्दिन लगायत अन्य विशिष्ट पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

स्मरण रहोस, यहि आउँदो अक्टुबर १ देखि १६ तारीखसम्म माल्दिभ्सको राजधानी माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा साफ च्याम्पियनसिपको १३औं संस्करण शुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेल मै आयोजक तथा साविक विजेता माल्दिभ्स र नेपाल भिड्दै छन् । हाल नेपाल र माल्दिभ्ससँगै श्रीलंकन फुटबल टोली साफ कै तयारीका लागि कतारमा बन्द प्रशिक्षणमा व्यस्त छन् ।

यस संस्करणमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकासहित दक्षिण एसियाका कुल पाँच टोलीहरुले सहभागिता जनाउँदै छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली उपाधिका लागि फाइनल भिड्ने छन् ।

हेर्नुहोस साफ च्याम्पियनसिप २०२१ को आधिकारिक लोगोः

लन्चिङ कार्यक्रमको केही झलकः

(तस्विरः माल्दिभ्स एफए)

Post Comments