News एन्फामा तीन दिने रेफ्री वर्कशप शुरु
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा तीन दिने रेफ्री निर्देशक वर्कशप शुरु भएको छ । सोमबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच सो वर्कशप शुरु भएको हो ।

वर्कशपमा एन्फा रेफ्री निर्देशक गौतम करले सहजीकरण गरिरहेका छन् । बुधबारसम्म चल्ने वर्कशपमा वर्तमान र पूर्व फिफा रेफ्रीहरु गरि कुल १४ जना सहभागि छन् । वर्कशपमा रेफ्रीहरुले जान्नुपर्ने आवश्यक कुराहरु र नियमहरुबारे विस्तृत रुपमा सहजीकरण गरि प्रष्टायाइने बताइएको छ ।

खेल खेलाउँदा र खेलका क्रममा रेफ्रीहरुलाई फुटबलको आधारभुत ज्ञान, परिवर्तित नियमहरुबारे जानकारी लगायत महत्वपुर्ण पक्षहरुको ज्ञात हुन अत्यन्त आवश्यक रहेको अवस्थामा यस्ता कार्यशालाले रेफ्रीहरुको क्षमता रस्तरोन्नतीमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

वर्कशपमा सहभागिहरु यसप्रकार रहेका छन्ः

गजेन्द्र मान सिंह, बिरेन्द्र बहादुर पाण्डे, मधुसुदन खनाल, सैलेश जोशी, कल्पना शर्मा, लव खत्री, बिकास महत, श्रवण लामा, नविन्द्र महर्जन, बिना श्रेष्ठ, माधव केसी, रोजेन श्रेष्ठ, बुद्धि बहादुर गुरुङ, श्रीराम रन्जितकार

 

Post Comments